+

रायो भालेकानो पुगे जेम्स रोड्रिगेज

२०८१ भदौ  ११ गते ७:४२ २०८१ भदौ ११ गते ७:४२
रायो भालेकानो पुगे जेम्स रोड्रिगेज

११ भदौ, काठमाडौं । कोलम्बियाका जेम्स रोड्रिगेज स्पानिस क्लब रायो भालेकानोमा अनुबन्ध भएका छन् ।

रियल मड्रिडका पूर्वखेलाडी रोड्रिगेजलाई भालेकानोले फ्रि एजेन्टका अनुबन्ध गरेको हो ।

३३ वर्षी कोलम्बियाली मिडफिल्डरल रोड्रिगेजले समरमा ब्राजिलियन क्लब साओ पाउलो छाडेपछि क्लबविहिन थिए ।

जुलाईमा भएको कोपा अमेरिका फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै रोड्रिगेज प्लेअर अफ दि टुर्नामेन्ट घोषित भएका थिए । कोलम्बिया भने फाइनलमा अर्जेन्टिनासँग पराजित हुँदै उपविजेता बनेको थियो ।

यस सिजन राभो भालेकानोले दुई खेल खेल्दा एकमा जित र एक माबराबरीको नतिजासहित ला लिगामा आठौं स्थानमा छ । गत सिजन भालेकानो १७औं भएको थियो ।

रोड्रिगेजले सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा गोल्डेनु बुट अवार्ड जितेपछि उनलाई रियल मड्रिडले अनुब्नध गरेको थियो । जहाँ उनले १२५ खेल खेले । तर, त्यसपछि जर्मन क्लब बायर्न मयुनिखमा दुई वर्ष लोनमा खेले ।

सन् २०२० मा उनी इंग्लिस क्लब एभरटन पुगे । एभरटनमा उनले २६ खेल खेले । त्यसपछि उनी कतारी क्लब अल राएनमा पुगे । अल राएनबाट ग्रिक क्लब ओलम्पियाकोस पुगेका उनी गत वर्ष ब्राजिल क्लब साओ पाउलोमा अनुबन्ध भएका थिए ।

जेम्स रोड्रिगेज रायो भालेकानो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय