+
+

विराटनगरको राधाकृष्ण रथयात्रा आज, कोशी प्रदेशमा बिदा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ११ गते ९:१०

११ भदौ, विराटनगर । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने विराटनगरको राधाकृष्ण रथयात्रा आज निकालिंदैछ । रथ यात्रा राधाकृष्ण मन्दिरबाट दिउँसो ३ प्रारम्भ हुनेछ ।

विराटनगरमा विक्रम संवत १९८८ सालदेखि ‘खट’ यात्राबाट प्रारम्भ भएको थियो । २०२५ सालयता खटसँगै रथयात्रा निकालिंदै आएको छ ।

खटको ९३औं र रथको ५६औं संस्करण हो । विराटनगरको राधाकृष्ण रथयात्रालाई दक्षिण एसियाको दोस्रो ठूलो रथयात्रा भएको दाबी गरिन्छ ।

विराटनगर महानगरपालिका-१ स्थिति राधाकृष्ण मन्दिरबाट निकालिने राधाकृष्णको युगल जोडीसहितको रथले विराटनगर बजार क्षेत्रको करिब ८ किलोमिटर यात्रा तय गर्ने छ ।

राधाकृष्ण मन्दिर परिसरबाट निकालिने रथयात्रा तीनपैन, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्रचोक, धरान रोड, बरगाछी हुँदै पुनः मन्दिर परिसरमा पुगेर समापन हुनेछ । यात्राका क्रममा ४६ स्थानमा रथलाई विश्राम  दिइनेछ ।

राधाकृष्ण रथयात्रालाई लक्षित गरेर प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको छ ।

रथयात्राका क्रममा हुनसक्ने सम्भावित चोरी र पकेटमारी रोक्नका लागि उच्च सतर्कता अपनाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

रथयात्राका लागि कोशी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ । सुरुमा झापा मोरङ र सुनसरीमा बिदा दिएको थियो । यो वर्ष प्रदेशभर बिदा दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?