+
+

विगत एक महिनामा सेयर मूल्य उच्च दरमा घटेका यी ७ माइक्रोफाइनान्स

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ११ गते ९:५५

११ भदौ, काठमाडौं । विगत एक महिनामा समग्र सेयर बजारको परिसूचक नेप्से १२.६९ प्रतिशत बढेको छ । साउन १० गते २५६८ अंकमा रहेको बजार हाल २८९५ अंकमा छ ।

समग्र बजार बढ्दा पनि माइक्रोफाइनान्स समूहको सूचक भने विगत एक महिनामा २.५ प्रतिशतले घटेको छ । साउन १० गते ५५७१ मा रहेको यो समूह हाल ५४३० मा झरेको छ । विगत एक महिनामा मूल्य धेरै घटेका कम्पनीमा पनि यहीं माइक्रोफाइनान्स समूहका कम्पनी अगाडि देखिए ।

एक महिनामा ६ माइक्रोफाइनान्सको मूल्य १४ प्रतिशतभन्दा धेरैले घटेको छ । बढ्दो बजारमा कतिपय लगानीकर्ताको लगानी रणनीति घटेका कम्पनीमा हुन सक्छ । यस्तो अवस्थामा हाल माइक्रोफाइनान्स क्षेत्र एउटा विकल्प बन्न सक्छ । विगत एक महिनामा हिमालयन र गणपति माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै २० प्रतिशत घटेको छ ।

विगत १ महिनामा १० प्रतिशतभन्दा धेरैले घटेका ७ लघुवित्त कम्पनी

कम्पनी साउन १० को मूल्य भदौ ९ को मूल्य गिरावट दर प्रतिशत
हिमालयन लघुवित्त १३६५ १०८४ – २०.५
गणपति लघुवित्त २०८५ १६६९ – १९.९
आरम्भ चौतारी लघुवित्त १३९० ११७० – १५.८२
समता घरेलु लघुवित्त ११९० १०१० – १५.१२
सामुदायिक लघुवित्त १४२२.९ १२१०.४ – १४.९३
विजय लघुवित्त ११२८ ९६० – १४.८
स्वाभिमान लघुवित्त १६८४.९ १५०१ – १०.९१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?