
११ भदौ, काठमाडौं । विगत एक महिनामा समग्र सेयर बजारको परिसूचक नेप्से १२.६९ प्रतिशत बढेको छ । साउन १० गते २५६८ अंकमा रहेको बजार हाल २८९५ अंकमा छ ।
समग्र बजार बढ्दा पनि माइक्रोफाइनान्स समूहको सूचक भने विगत एक महिनामा २.५ प्रतिशतले घटेको छ । साउन १० गते ५५७१ मा रहेको यो समूह हाल ५४३० मा झरेको छ । विगत एक महिनामा मूल्य धेरै घटेका कम्पनीमा पनि यहीं माइक्रोफाइनान्स समूहका कम्पनी अगाडि देखिए ।
एक महिनामा ६ माइक्रोफाइनान्सको मूल्य १४ प्रतिशतभन्दा धेरैले घटेको छ । बढ्दो बजारमा कतिपय लगानीकर्ताको लगानी रणनीति घटेका कम्पनीमा हुन सक्छ । यस्तो अवस्थामा हाल माइक्रोफाइनान्स क्षेत्र एउटा विकल्प बन्न सक्छ । विगत एक महिनामा हिमालयन र गणपति माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै २० प्रतिशत घटेको छ ।
विगत १ महिनामा १० प्रतिशतभन्दा धेरैले घटेका ७ लघुवित्त कम्पनी
कम्पनी | साउन १० को मूल्य | भदौ ९ को मूल्य | गिरावट दर प्रतिशत |
हिमालयन लघुवित्त | १३६५ | १०८४ | – २०.५ |
गणपति लघुवित्त | २०८५ | १६६९ | – १९.९ |
आरम्भ चौतारी लघुवित्त | १३९० | ११७० | – १५.८२ |
समता घरेलु लघुवित्त | ११९० | १०१० | – १५.१२ |
सामुदायिक लघुवित्त | १४२२.९ | १२१०.४ | – १४.९३ |
विजय लघुवित्त | ११२८ | ९६० | – १४.८ |
स्वाभिमान लघुवित्त | १६८४.९ | १५०१ | – १०.९१ |
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4