+
+

कुमारी बैंकको प्रवर्द्धनमा सञ्चालित तीन म्युचुअल फण्डको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ११ गते १०:१०

११ भदौ, काठमाडौं । कुमारी बैंकको कोष प्रवर्द्धनमा सञ्चालन भएका म्युचुअल फण्डका तीन योजनाले इकाइधनीलाई लाभांश घोषणा गरेका छन् । कुमारी धनवृद्धि योजनाबाट इकाइधनीले करसहित ९.५० प्रतिशत नगद लाभांश पाउने भएका छन् ।

सो लाभांशस्वरुप ११ करोड ६३ लाख रुपैयाँ रकम इकाइधनीलाई प्रदान गरिने योजना व्यवस्थापक कुमारी क्यापिटलले जनाएको छ ।

त्यस्तै अर्को योजना कुमारी इक्वीटी फण्डले पनि इकाइधनीलाई ९.५० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । यस योजनाको लाभांश अन्तर्गत ९ करोड ५० लाख रुपैयाँ इकाइधनीलाई वितरण गरिने क्यापिटलले जनाएको छ ।

अर्को कुमारी सुनौलो लगानी योजनाका इकाइधनीले १०.५० प्रतिशत नगद लाभांश पाउने भएका छन् । भदौ १० गतेसम्म कायम इकाइधनीले यो लाभांश पाउने छन् । म्युचुअल फण्डले प्रदान गर्ने नगद लाभांश इकाइधनीले सिधै बैंकखातामा पाउने छन् ।

म्युचुअल फण्डको प्रतिइकाइ १० रुपैयाँ अंकित मूल्य रहन्छ । प्रतिइकाइ १० रुपैयाँमै उनीहरुले लाभांश दिने हुन् । उदाहरण : यदि कुनै म्युचुअल फण्डले १२ प्रतिशत लाभांश घोषणा गरेको छ, भने उसले दिने लाभांश १० को १२ प्रतिशत अर्थात् प्रतिइकाइ १ रुपैयाँ २० पैसा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?