+
+

‘मायावी’ लक्ष्मीपूजामा रिलिज हुने, ‘एक्टर’सँग भिडन्त तय

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ११ गते ११:५१

काठमाडौं । पल शाह र दीपिका प्रसाईं स्टारर फिल्म ‘मायावी’ तिहारको लक्ष्मीपूजामा रिलिज हुने भएको छ । निर्माता राज कटुवालका अनुसार यो फिल्म कात्तिक १५ गते आउने निश्चित भएको छ ।

निर्माताले औपचारिक रुपमा प्रदर्शन मिति घोषणाको तयारी गरिरहेका छन् । लक्ष्मीपूजामा प्रदीप खड्का स्टारर अर्को फिल्म ‘एक्टर’ पनि आउँदैछ । योसँगै लक्ष्मीपूजाको बक्स अफिस पल शाह भर्सेस प्रदीप खड्का हुने पक्का भएको छ ।

‘मायावी’लाई एफडी कम्पनी र करण श्रेष्ठले वितरण गर्न लागेका हुन् । दिवाकर भट्टराई निर्देशित यो फिल्मलाई कटुवाल सहित चन्द्र पन्त र ध्रुव न्यौपानेले निर्माण गरेका हुन् ।

‘मायावी’मा पल र दीपिकासहित सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ र प्रशान्त ताम्राकारको अभिनय छ । नाम चलेका दुई कलाकारको फिल्म एकै मितिमा आउने निश्चित भएपछि दशैं जस्तै तिहारको बक्स अफिस भिडन्त पनि रोचक हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?