+

ईशान अस्पतालमा बाल बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनमा आउँदै

२०८१ भदौ  ११ गते १२:०९ २०८१ भदौ ११ गते १२:०९
ईशान अस्पतालमा बाल बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनमा आउँदै

काठमाडौं । बसुन्धरास्थित ईशान महिला तथा बाल अस्पतालले बाल बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनमा ल्याउने भएको छ । सोमबार अस्पतालको २९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. रामानन्दनप्रसाद चौधरीले यसबारे जानकारी दिएका हुन् ।

‘अब अस्पतालमा बोनम्यारो र सिटी स्क्यानका सेवा पनि छिट्टै सुचारु हुनेछन्’ उनले भने, ‘हामी यी सेवाको अन्तिम तयारीमा छौं ।’

त्यस्तै, यसै वर्षबाट पेडियाट्रिक तथा एडल्ट इन्डोस्कोपी र कोलोनस्कोपी सेवा पनि सञ्चालनमा आएको छ ।

८७ जना वरिष्ठ चिकित्सकद्वारा स्वास्थ्य सेवा प्रदान गर्दै आएको ईशानमा विभिन्न समयमा भारत तथा बंगलादेशमा जटिल तथा असम्भव मानिएका नवजात शिशु तथा बाल शल्यक्रिया सफल रुपमा सम्पन्न भएको डा. चौधरीको दाबी छ ।

‘३० वर्षको अवधिमा ईशान अस्पतालले भारत र बंगलादेश जस्ता अत्याधुनिक प्रविधिको पहुँच रहेका मुलुकमा समेत असम्भव भनिएका नवजात, बाल शल्यरोग तथा बाल युरोलोजीका थुप्रै केसहरुको सफल उपचार सेवा प्रदान गर्न सम्भव भएको छ,’ उनले भने ।

आगामी दिनमा अत्याधुनिक मेसिन तथा प्रविधि मार्फत बिरामीलाई अन्तर्राष्ट्रिय स्तरको सुपर तथा मल्टिस्पेसालिटी सेवा प्रदान गरिने डा. चौधरीको  भनाइ छ ।

पहिला निजी महिला तथा बाल रोगसम्बन्धी स्वास्थ्य सेवा दिंदै आएको अस्पतालले २४ सैं घण्टा गुणस्तर स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।

ईशान अस्पताल बाल बोनम्यारो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय