+
+

सुनसहित विमानस्थलबाट २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ११ गते १३:३७

११ भदौ, काठमाडौं । अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा नवलपरासीको बर्दघाट नगरपालिका-४ घर भएका २७ वर्षीय प्रशान्त गैरे र सप्तरी सुरुङ्गा नगरपालिका-३ घर भएका ४१ वर्षीय सन्तोषकुमार कुँवर रहेका छन् ।

विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट उनीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनीहरुबाट ८१ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ ।

हिमालयन एयरलाइन्सको उडानद्वारा कतारबाट गैरे काठमाडौं आएका थिए । उनैले ल्याएको सुन कुँवरले रिसिभ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि प्रहरी वृत्त गौशालामा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?