+
+

नेताबाट भोट फिर्ताको अभियान चलाउनुपर्छ : प्रभु साह

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ११ गते १२:५६

११ भदौ, काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले जनताले नेताहरुबाट भोट फिर्ताको अभियान चलाउनुपर्ने बताएका छन् । आजबाट सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले देशमा लुटको राजनीति भइरहेको भन्दै अब जनता चुप लागेर बस्न नहुने बताए ।

नेताहरुले लुटको राजनीति गरिरहेको आरोप लगाउँदै उनले भने, ‘बेइमानको राजनीति भइरहेको छ । यसलाई सही ट्र्याकमा ल्याउने हो भने चुप लागेर बस्नु हुँदैन ।’

सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी कार्यक्रममा उनीहरुविरुद्ध नाराबाजी भएको तर उल्टै नेताहरुले आक्रोशित समूहलाई गाली गरेको भन्दै साहले विरोध जनाए ।

पूर्वमन्त्री साहले घुस राज्यको चरित्र भएको र सरकारी कार्यालयहरुमा कमिसनको खेल भइरहेको जिकीर समेत गरे । तर प्रधानमन्त्री ओलीले सरकारले दाल–भात खान्छ घुस खाँदैन भनेको भन्दै साहले भने, ‘प्रधानमन्त्री भन्नुहुन्छ सरकारले दाल भात खान्छ । म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु, गिरिबन्धु टि–स्टेट कले खायो, नक्कली भुटानीलाई अमेरिका पठाउँदा करोडौंले खायो ? बालुवाटार जग्गा काण्ड, सुन काण्ड र बाँसबारी छालाजुत्ता कसले खायो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?