+
+

‘स्त्री ३’ मा भिलेन बन्दैछन् अक्षय कुमार ?

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ११ गते १३:०९

काठमाडौं । बलिउड फिल्म ‘स्त्री २’ ले भारतीय बक्स अफिसमा १२ दिनसम्म ४२१.८५ करोड भारु कमाएको छ । राम्रो कमाइ गर्ने यो पहिलो हरर कमेडी फिल्म हो । अमर कौशिक निर्देशित फिल्ममा अक्षय कुमारको केमियोको पनि चर्चा भइरहेको छ ।

यो फिल्मको खास पक्ष के छ भने मुख्य कलाकारले मात्रै सबैको ध्यान तानिरहेका छैनन्, केमियो पनि दर्शकमाझ उत्तिकै चर्चित छन् । यसमा अक्षयको केमियोले चर्चा बटुलेको छ ।

हालैको एक अन्तर्वार्तामा पटकथाकार निरेन भट्टले अक्षयको चरित्रमा आधारित ‘स्ट्यान्डअलोन’ फिल्मको सम्भावनाबारे कुरा गरे । अक्षयको क्यारेक्टर र स्त्री युनिभर्सले उनलाई आगामी सिक्वेलमा अझ मुख्य रुपमा पेश गर्ने योजना बनाएको छ कि भनेर सोधिएको थियो ।

जवाफमा लेखक भट्टले इन्डिया टुडेसँग भने, ‘ढुक्क हुनुहोस्, हामीसँग ब्रह्माण्डका हरेक पात्रका लागि योजना छन् । तीमध्ये सबैभन्दा सानो र ठूलो पनि ।’ उनले अक्षयको रोल भविष्यमा अझ महत्वपूर्ण भूमिकामा परिणत हुनसक्ने बताए ।

निरेनले थपे, ‘ब्रह्माण्डका सबै पात्रले एकअर्कालाई खोज्छन् । एकअर्कासँग कुनै न कुनै रूपमा अन्तरक्रिया गर्छन् । हामी यस ब्रह्माण्डमा धेरै फिल्म बनाउन सक्छौं र यस्तो एकल फिल्म कसले चाहँदैन ? हाम्रो काम भनेको उत्कृष्ट काम गर्ने र उत्कृष्ट कथा फेला पार्नु हो ।’

‘स्त्री २’ ले रिलिज भएदेखि नै बक्स अफिसमा आँधी ल्याइरहेको छ । फिल्ममा श्रद्धा कपुर, अपारशक्ति खुराना, पंकज त्रिपाठी र अभिषेक बनर्जीको पनि महत्वपूर्ण भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?