+
+

मैले स्टारडमको भार बोक्न छाडेकी छु : आँचल

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ११ गते १४:११

काठमाडौं । अभिनेत्री आँचल शर्माको व्यस्तता पछिल्लो समय निकै छ । फिल्मको छायांकन र प्रवर्द्धनको समय व्यवस्थापन गर्न उनलाई हम्मे–हम्मे परेको देखिन्छ ।

यतिबेला आँचल पछिल्लो फिल्म ‘वर एण्ड वधु’को प्रिमियरका लागि पोखरा पुगेकी छन्, जहाँको मिडटाउन सिनेमाज हलमा मंगलबार बेलुका फिल्मको रेडकार्पेट प्रिमियर हुँदैछ ।

सोमबार उनी कन्यापूजाका लागि काभ्रेको पनौती पूजामा पुगेकी थिइन् । सोही अवसरमा केही मिडियासँगको कुराकानीमा उनले दर्शक कुनै पनि कलाकारको अनुहार हेर्नलाई हलसम्म नजाने बताएकी छन् ।

पछिल्लो समय दर्शकले स्टार भन्दा कथावस्तु खोज्ने गरेको उनको बुझाइ छ । जसकारण आफूले पछिल्लो समय स्टारडमको चाप लिन छाडेको उनको कथन छ ।

उनले भनेकी छन्, ‘मैले स्टारडमको चाप खुबै लिएँ तर अहिले यस्तो दबाब लिन मन लाग्दैन । अहिले दर्शक कुनै पनि कलाकारको अनुहार हेरेर हलसम्म जानु हुन्न ।’

कथावस्तु उत्कृष्ट हुनुपर्छ भन्ने तर्क गर्दै उनी भन्छिन्, ‘अहिले कथावस्तु र फिल्म नै राम्रो हुनुपर्छ । होइन भने जुन स्टार लिए पनि फिल्म चल्दैन । फिल्म नै रोचक भएको खण्डमा दर्शकले मन पराउनुभएको छ । त्यसैले मैले अहिले स्टारडमको भार बोक्न छाडेकी छु ।’

आँचलको पछिल्लो फिल्म ‘वर एण्ड वधु’ शुक्रबारबाट प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?