+
+

अर्थमन्त्रीले भने : मन्त्रीहरूलाई भाषण गर्न नबोलाउनुस्, काम  गर्न दबाब दिनुस्

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ११ गते १४:१३

११ भदौ, काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले मन्त्रीहरूलाई औपचारिक कार्यक्रममा बोलाएर भाषण गर्न लगाउनुभन्दा काम गर्न दबाब दिनुपर्ने बताएका छन् ।

काठमाडौंमा मंगलबारदेखि सुरू भएको ‘नाडा अटो शो’ को उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले काम गर्ने कि भाषण गर्ने भन्ने असहजता मन्त्रीहरूलाई हुने गरेको बताए ।

‘मन्त्रीलाई एउटा अप्ठ्यारो हुने रहेछ । काम गर्ने कि भाषण गर्ने । म यहाँहरूसँग के राख्न चाहन्छु भने अहिले मन्त्रीहरूलाई भाषण होइन काम गर भनेर सबैले उत्प्रेरित गर्नुपर्छ भन्ने मलाई लाग्छ,’ उनले भने ।

बोलाएको कार्यक्रममा नजाँदा यथोचित मर्यादा र आदर नभएको गुनासो आउने भन्दै उनले मन्त्रीहरूलाई नीति नियम बनाउने काममा लाग्न दबाब दिन सुझाव दिए ।

मन्त्री पौडेलले देश, जनता र कानुनको ख्याल गरेर सफल व्यवसाय गर्न व्यवसायीहरूलाई आग्रह गर्दै त्यस्ता व्यवसायीहरूलाई राज्यले साथ र संरक्षण गर्ने बताए ।

अहिलेको सरकार सबैभन्दा स्थिर सरकार भएको र वर्तमान सरकारको स्थिरताले नीतिगत स्थिरताको बलियो आधार दिएको उनको दाबी थियो ।

अर्थमन्त्री पौडेलले सुन्नैपर्ने, बुझ्नैपर्ने, गर्नैपर्ने कामका लागि सुझाव दिन अरु कुनै समयमा स्वागत गर्ने बताए ।

उनले नीतिगत स्थिरता सुरक्षित गर्ने हिसाबले वर्तमान सरकार अघि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?