+
+

गाडी तोडफोड आरोपमा एक महिला पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ११ गते १४:२७

११ भदौ, काठमाडौं । गाडी तोडफोड गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा चितवन भइ हाल काठमाडौं बस्दै आएकी ३३ वर्षीया सपना लामिछाने छिन् । उनलाई गत शुक्रबार प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेकी लामिछानेविरुद्ध आपराधिक उपद्रभको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको महाराजगञ्जका डीएसपी रवीन्द्रनाथ पौडेलले बताए ।

लामिछानेका साथै कमला लामा नाम गरेकी एक महिलाविरुद्ध काठमाडौं बालुवाटारकी सिर्जना बस्नेतले १८ असार २०८१ मा प्रहरीमा जाहेरी दिएकी थिइन् ।

आफ्नो घरमा पार्किङ गरेर राखेको प्रदेश ३–०१–०२४ च ७७०९ नम्बरको किया कम्पनीको सेल्टर कारमा तोडफोड गरेको दाबी सिर्जनाको छ । टायलले गाडीको सिसा फुटाएको भन्दै उनले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

उनकै जाहेरीका आधारमा १६ साउनमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जी लिएर प्रहरीले लामिछानेलाई पक्राउ गरेको हो । अर्की एक महिला भने फरार छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?