+
+

एकीकृत समाजवादीको पोलिटब्यूरोमा २०२ जना उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ११ गते १५:१०

११ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो सदस्य बन्न २०२ जनाको उम्मेदवारी परेको छ ।

पोलिटब्यूरो सदस्यमा पदाधिकारीका उम्मेदवारहरु पनि प्रतिस्पर्धी छन् । पदाधिकारी पराजित भएपनि पोलिटब्यूरो सदस्य निर्वाचित हुने अवसरका निम्ति दोहोरो उम्मेदवारी परेको हो ।

वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध भएकाले उनी पोलिटब्यूरो स्वतः भए । घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएर पाण्डेलाई निर्विरोध बन्न सहयोग गरेका हुन् ।

बाँकी १०४ जना पोलिटब्यूरोका निम्ति चुनाव हुनेछ ।

हेर्नुहोस्  पोलिटब्यूरोमा २०२ जना उम्मेदवारको सूची : (सूचीमा उल्लेख भएकामध्ये वरिष्ठ उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भइसकेका छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?