+
+

१११ अंक घट्यो सेयर बजार

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ११ गते १५:०८

११ भदौ, काठमाडौं । मंगलबार पनि सेयर बजार भारी अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १११.९६ अंकले घटेको हो । सो गिरावटसँगै नेप्से २७८२ अंकमा कायम भएको छ ।

यस दिन कुल १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको हो । अघिल्लो दिन १९ अर्ब ७४ करोडको कारोबार भएको थियो ।

कारोबार सुरु हुँदा केही सेकेण्ड बजार हरियो देखिए पनि दिनभर बजारमा बिक्रीकर्ता आत्तिए । जसले गर्दा खरिदकर्ताले चाहेकै मूल्यमा उनीहरूले बिक्री गर्दै गए ।

२० कम्पनीको मूल्य बढ्दा २२३ को घट्यो भने एउटाको स्थिर रह्यो । होटल तथा पर्यटन समूहको सूचक ०.४३ प्रतिशत बढ्यो भने अरु सबै क्षेत्रका सूचक उच्च दरले घटे ।

बैंकिङ ४.९५, विकास बैंक ४.१८, फाइनान्स ४.६९, हाइड्रोपावर ३.९६, लगानी ४.१३, जीवन बीमा ३.६५, उत्पादन २.९३, माइक्रोफाइनान्स २.९६, निर्जीवन बीमा २.४५, अन्य ३.८५ र व्यापार समूहको सूचक २.१६ प्रतिशत घटे ।

तीन कम्पनी तारागाउँ रिजेन्सी, आत्मनिर्भर लघुवित्त, दोल्ती पावरको मूल्य १० प्रतिशत बढ्यो । थ्रीस्टार हाइड्रोपावरको ९.८, कर्णाली विकास बैंकको ९.४, विन नेपाल लघुवित्तको ६.९ प्रतिशत मूल्य बढ्यो ।

नेपाल फाइनान्सको मूल्य १० प्रतिशत घट्यो । रिडी पावरको ८.५, नेसनल हाइड्रोपावरको ७.६, शिवश्री हाइड्रोपावरको ७.४ तथा घलेम्दी हाइड्रोपावरको ७.४ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, अपी पावर, अरुणभ्याली हाइड्रोपावर, नेपाल फाइनान्स र निफ्रा क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?