+

महिला विश्वकप खेल्ने भारतीय टिम घोषणा

२०८१ भदौ  ११ गते १५:३५ २०८१ भदौ ११ गते १५:३५
महिला विश्वकप खेल्ने भारतीय टिम घोषणा

११ भदौ, काठमाडौं । महिला विश्वकप २०२४ का लागि भारतले १५ सदस्यीय टोली घोषणा गरेको छ । एसिया कप खेलेका सबै खेलाडी टिममा पर्दा उमा क्षेत्री बाहिरिएकी छन् ।

फिटनेस समस्या भए पनि यस्तीका भाटिया र श्रीयंका पटेललाई टिममा समावेश गरिएको छ । महिला विश्वकप २०२४ अक्टोबर ३ देखि २० सम्म यूएईमा हुनेछ । प्रतियोगिता बंगलादेशमा हुने भने पनि यूइर्एमा हुने गरी नयाँ तालिका सार्वजनिक भएको हो ।

विश्वकप यूएईको सारजाह र दुबइ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलाइने छ । दुबईमा १२ र सारजाहमा ११ खेल हुनेछन् । दुई समूहमा विभाजन गरी १० टोलीले विश्वकपमा भाग लिनेछन् ।

समूह ‘ए’ मा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया, पाकिस्तान, भारत, न्युजिल्यान्ड र श्रीलंका छन् भने समूह ‘बी’ मा दक्षिण अफ्रिका, इङ्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र स्कटल्यान्ड छन् । प्रत्येक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलको यात्रा तय गर्नेछन् । प्रतियोगिताको उद्घाटन खेलमा भने बंगलादेश र स्कटल्यान्ड भिड्नेछन् ।
भारतले अक्टोबर ४ मा न्युजिल्यान्डसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

विश्वकप खेल्ने भारतीय टोलीः

हरमनप्रीत कौर (कप्तान), शफाली बर्मा, दीप्ती शर्मा, स्मृति मन्दना (उपकप्तान), जेमिमाह रोड्रिगेज, ऋचा घोष (विकेटकीपर), पूजा वस्त्रकर, अरुन्धती रेड्डी, रेणुका सिंह ठाकुर, यास्तीका भाटिया(विकेटकीपर/फिटनेस समस्या) दयालन हेमलता, आशा शोभना, राधा यादव, श्रेयंका पाटिल (फिटनेस समस्या), सजना सजीवन
ट्राभलिङ रिजर्भ खेलाडीः उमा क्षेत्री (विकेटकिपर), तनुजा केन्वर, साइमा ठाकोर ।

रिजर्भ खेलाडी: रघवी विष्ट, प्रिया मिश्र

 

भारतीय महिला क्रिकेट टिम महिला विश्वकप महिला विश्वकप खेल्ने भारतीय टिम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय