+
+

कांग्रेसमा सहमति जुटेन, केन्द्रीय कार्यसमिति बैठक सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ११ गते १५:४२

११ भदौ, काठमाडौं । भोलि बुधबारका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक १६ गतेलाई सरेको छ । कांगेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गर्दै १६ भदौको दिउँसो २ बजे बस्ने जानकारी दिएका छन् ।

२३ साउनदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा अब महामन्त्री, उपसभापति र सभापतिले बोल्न बाँकी छ । त्यसपछि महासमिति बैठकमा पेश भएका प्रतिवेदनहरु पास गर्नुपर्नेछ ।

प्रतिवेदनमा रहेको चुनावी गठबन्धन, एक्जिट पोलिसी र महाधिवेशनको कार्यतालिकाबारे विवाद छ ।

यसबारे सहमति जुटाउन सभापति शेरबहादुर देउवाले मंगलबार उपसभापतिद्वय र महामन्त्रीहरुलाई बोलाएका थिए । तर सहमति नजुटेपछि केन्द्रीय कार्यसमिति बैठक नै सारिएको एक नेताले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?