+
+

सरकारी अस्पतालमा सेवा लिन समेत घुस खुवाउनुपर्छ : मनिष झा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ११ गते १६:००

११ भदौ, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सरकारी अस्पतालमा सेवा लिन समेत घुस खुवाउनुपर्ने अवस्था रहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद झाले यस्तो बताएका हुन् ।

कुनै बालक जन्मिएपछि उसको जन्मदर्ता हुने, शिक्षा पाउने, असल वातावरणमा हुर्कने र दक्ष जनशक्तिको रुपमा देखा पर्न र रोजगारी लगायतका अवसर पाउनुपर्ने बताए । कुनै पनि मानिसका लागि जीवनको सबै कालखण्डमा चाहिएको सामाजिक सुरक्षा, स्वास्थ्य लगायत राज्यले दिने सबै सार्वजनिक सेवा सहज हुनुपर्ने बताए ।

यो नेपालको हकमा परिकल्पना गर्ने विषय जस्तो मात्रै हुन पुगेको उनको टिप्पणी छ ।

‘… जन्मिन्छ । जन्मिएपछि गएको सरकारी अस्पताल हो भने बेड पाउन सक्दैन्, औषधि पाउन सक्दैन्, कुर्नुपर्छ, घुस खुवाउनुपर्छ, सरकारले सित्तैमा खुवाउछु भनेको औषधिको लागि पैसा तिर्नुपर्छ ।’ उनले भने ।

कुनै बालक स्कुल पढ्न जाँदा उसको नामा सरकारले खाजाको लागि बजेट विनियोजन गर्ने गरेको उनले बताए । ‘तर विद्यार्थीको खाजाधरीमा भ्रष्टाचार भइरहेको छ’ सांसद झाले भने । युवा भएपछि रोजगारी, स्वच्छ हावापानी, रोजगारी आदिमा समस्या रहेको बताए ।

‘राज्यले उपलब्ध गराउने कुनै रोजगारीको परिकल्पना गर्छ भने त्यहाँ पनि भ्रष्टाचार छ, घुस खुवाउनुपर्छ । यो देशमा मैले रोजगारी पाउँदिन, विदेश जान्छु भन्दा पनि घुस खुवाउनुपर्छ ।’

विदेश गएर शिक्षा लिएर नेपाल फर्किँदा नेताहरुले नै खिस्सिट्युरी गर्ने गरेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?