+
+

डेनमार्कमा नेपाली सांस्कृतिक केन्द्र स्थापना गर्न टिम गठन

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ११ गते १६:००

११ भदौ, कोपनहेगन । डेनमार्कमा नेपाली सांस्कृतिक केन्द्र बनाउन संयोजक टिम गठन भएको छ । कोपनहेगनमा भएको बृहत् भेलाले टिम गठन गरेको हो ।

टिममा ५९ जना सदस्य छन् । यस टिमले सांस्कृतिक केन्द्रका निम्ति चाहिने वित्तीय, इन्जिनियरिङ, मिडिया, कानुन व्यवस्था, आईटी आदिमा पाटोमा काम गर्नेछ ।  कार्यक्रममा दुई वर्षअघिदेखि सुरु भएको नेपाली सांस्कृतिक केन्द्र निर्माणको संभाव्यता अध्ययन रिपोर्ट प्रस्तुत गरिएको थियो । जसमा  सांस्कृतिक भवन निर्माणलाई चाहिने स्रोत-साधनलगायत स्थनीय सरकारसँग गरिने समन्वयबारे कार्यपत्र प्रस्तुत गरेको थियो ।

‘विगतका वर्षमा नेपाली समुदाय ठूलो हुदै गएको छ । दुखसुखमा होस् वा नेपाली चाडपर्वमा होस् वा राष्ट्रिय दिवसमा होस् नेपाली समुदायलाई बाँधी राख्न र नयाँ पुस्तालाई नेपाली परम्परा र संस्कृतिक चिनाइराख्न पनि नेपाली सांस्कृतिक केन्द्रको आवश्यक छ’, डा. रवि क्षेत्रीले भने ।

यहाँको तथ्याङ्क बिभागले हालै जारिको रिपोर्ट अनुसार देश भरि करिब १० हजार भन्दा बढि नेपाली छन् जसमध्ये अधिकांश कोपनहेगनमा बस्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?