+
+

कोशीमा माओवादीले अझै तोक्न सकेन संसदीय दलमा जिम्मेवारी

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ११ गते १६:१६

११ भदौ, विराटनगर। १४ भदौमा कोशी प्रदेशसभाको बैठक बस्दा माओवादी केन्द्र प्रतिपक्षमा बस्दैछ ।

प्रतिपक्षमा पुगेको नेकपा माओवादी केन्द्रको संसदीय दलमा दलको नेता बाहेक अन्य पदाधिकारी छान्न सकेको छैन ।

संसदीय दलमा दलको नेतासँगै दलको उपनेता, प्रमुख सचेतक र सचेतक रहने प्रावधान छ । १३ सांसद रहेको माओवादी केन्द्रमा संसदीय दलको नेता इन्द्रबहादुर आङ्बो मात्रै छन् । १२ पुस २०७९ मा दलको नेता चयन भएका आङ्बोले उपनेता र अन्य जिम्मेवारी तोकेका छैनन् ।

संसदीय दलका नेता आङ्बो अब दलको अन्य जिम्मेवारी तोक्ने बताउँछन् । संसद बैठककै दौरानमा दलको बैठक राखेर अन्य जिम्मेवारी तोक्ने आङ्बोले बताए ।

प्रतिपक्षमा पुगेपछि दलका नेता र पदाधिकारीले नियमित सुविधा बाहेक थप सुविधा पनि पाउँछन् । यो सुविधाका लागि पनि पदाधिकारी जिम्मेवारी तोक्नु पर्छ ।

प्रदेशमा प्रमुख प्रतिपक्षी दलको नेताले मासिक पारिश्रमिक ५९ हजार रुपैयाँ पाउँछन् । त्यसबाहेक सरकारी गाडी, सवारी चालक र हरेक महिना १२५ लिटर इन्धन पाउँछन् । आवास सुविधा बापत २१ हजार, सञ्चार सुविधा ३ हजार र अतिथि सत्कारका लागि हरेक महिना ५ हजार सुविधा प्राप्त गर्छन् ।

प्रमुख प्रतिपक्षी दलको नेता बाहेक प्रमुख सचेतक र सचेतकले पनि सुविधा प्राप्त गर्छन् । प्रमुख सचेतकले पारिश्रमिक बापत मासिक ५७ हजार ८२०, सञ्चार सुविधा ३ हजार, सवारी साधन पनि पाउँछन् ।

गाडी नभए मासिक १५ हजार पाउँछन् । प्रमुख प्रतिपक्षी दलको सचेतकले पनि पारिश्रमिक ५५ हजार ४६० र यातायात खर्च मासिक ७ हजार ५०० रुपैयाँ प्राप्त गर्नेछन् । कोशी प्रदेशमा माओवादीबाहेक अन्य दलले संसदीय दलमा उपनेता, प्रमुख सचेतक र सचेतक तोकिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?