+

दाह्री ग्याङले फुटसल प्रतियोगिता आयोजना गर्ने

२०८१ भदौ  ११ गते १६:४९ २०८१ भदौ ११ गते १६:४९
दाह्री ग्याङले फुटसल प्रतियोगिता आयोजना गर्ने

११ भदौं, काठमाडौं । सामाजिक कार्यमा सक्रिय युवाहको समूह दाह्री ग्याङले यही महिना फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

दाह्री ग्याङले मंगलबार पत्रकार सम्मेलन गर्दै यही भदौ १४ र १५ दाह्री ग्याङ फुटसल प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो ।

दुई दिने प्रतियोगिता बुढानीलकण्ठस्थित कान्तिपुर फुटसल एन्ड ट्रेनिङ सेन्टरमा हुनेछ ।प्रतियोगितामा ३२ टोलीले सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको विजेता ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ पाउने छन्। यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्ताले समान ५ हजार पुरस्कार पाउनेछन् ।

प्रतियोगिताका लागि टिम दर्ता शुल्क ५ हजार रुपैयाँ रहेको छ ।बिज एजुकेसनले प्रयितोगितालाई मुख्य प्रायोजक‌का रूपमा साथ दिएको छ ।

‘परोपकारका लागि फुटसल’ भन्ने नाराका साथ आयोजना हुन लागेको प्रतियोगिताबाट बचत भएको रकम मार्फत सामाजिक कार्यक्रममा खर्च गरिने आयोजक समितिका सदस्य महेश्वर घिमिरेले जानकारी दिए ।

दाह्री ग्याङ फुटसल प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय