+

गुणराज प्रशिक्षणका लागि अस्ट्रेलिया जाने

२०८१ भदौ  ११ गते १७:०३ २०८१ भदौ ११ गते १७:०३
गुणराज प्रशिक्षणका लागि अस्ट्रेलिया जाने

११ भदौ, काठमाडौं । नेपाली मुँवाथाईका सफल खेलाडी गुणराज रुचाल वैदेशिक प्रशिक्षणका लागि बुधबार अस्ट्रेलियाको पर्थ जाने भएका छन् ।

एक महिने प्रशिक्षणका दौरान गुणराजले अस्ट्रेलियामा हुने प्रतियोगितामा पनि सहभागिता जनाउने छन् ।

उनलाई यो अवसर लिजेन्ड्स एकेडेमी पर्थले प्रदान गरेको हो । निःशुल्क प्रशिक्षणका साथै उनको सम्पूर्ण खर्च पनि लिजेन्ड्सले नै व्यहोर्ने बताइएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले गुणराजलाई पाएको अवसरलाई भरपुर सदुपयोग गर्न सुझाउदै मंगलबार बिदाइ गरे ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा गुणराजले हासिल गरेको सबैभन्दा ठूलो उपलब्धि गत मार्च १९ मा थाइल्यान्डमा भएको १९औं विश्व मुवाँथाइ च्याम्पियनसिप अन्तर्गत सेमी प्रोको पुरुष ५४ केजीमा स्वर्ण जित्नु हो ।

विश्व च्याम्पियनसिपको सेमी प्रोमा यो उपलब्धी हासिल गर्ने उनी पहिलो नेपाली मुवाँथाई खेलाडी हुन् ।

गुणराज रुचाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय