
११ भदौ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेश अध्यक्षमा पुनः टकप्रसाद पोखरेल चयन भएका छन् ।
प्रदेशको दोस्रो अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा श्रीधर महरा, जिल्ला नगरतर्फको उपाध्यक्षमा जेपी कंडेल, वस्तुगत तर्फको उपाध्यक्षमा चन्द्रप्रकाश श्रेष्ट एवम् एसोसिएट तर्फको उपाध्यक्षमा लोकहरि श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
महासचिवमा शिव ज्ञवाली, सचिवमा अजय न्यौपाने एवम् कोषाध्यक्षमा खिमबहादुर खत्री चयन भएको नेपाल चेम्बर अफ कमर्सले जारी गरेको विज्ञप्तिमा छ ।
सदस्यहरूमा युवराज न्यौपाने, जयप्रकाश गुप्ता, कमला पराजुली, सुकदेव बेल्बासे, तेजबहादुर बुढा, नुरुद्दिन शाह, मञ्जु भुसाल, यज्ञस्वर श्रेष्ठ, सिल्पा उप्रेती, अशोक श्रेष्ठ, गणेशप्रसाद पोख्रेल, कोषबहादुर गुरुङ र शंकर गौतम चयन भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4