+
+

राष्ट्रिय भेलाका लागि रास्वपाले बनायो १४ उपसमिति

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ११ गते १७:४३

११ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय भेला तयारीका लागि १४ वटा उपसमिति गठन गरेको छ । केन्द्रीय समितिको मंगलबार बिहान बसेको बैठकले १ र २ असोजमा काठमाडौंमा हुने पहिलो राष्ट्रिय भेलाको व्यवस्थापनका लागि उपसमिति बनाएको हो ।

प्रतिनिधि, रजिष्ट्रेसन व्यवस्थापन, स्रोत व्यवस्थापन, यातायात तथा आवास, सुरक्षा तथा कानुन, स्वयंसेवक व्यवस्थापन, अडियो भिजुअल व्यवस्थापन, क्याटरिङ व्यवस्थापन, स्वास्थ्य क्लिनिक व्यवस्थापन उपसमिति गठन गरेको छ ।

थप उपसमितिहरुमा बुथ व्यवस्थापन, साँस्कृतिक कार्यक्रम तयारी, मिडिया संयोजन, दस्तावेजसम्बन्धी, आईटी व्यवस्थापन र राष्ट्रिय भेला ब्राण्डिङ उपसमिति बनाइएको छ ।

राष्ट्रिय महाधिवेशन पछि रास्वपाको शक्तिशाली पार्टी संरचना राष्ट्रिय भेला रहेको छ । पहिलोपटक गर्न लागिएको भेलामा देशभरबाट १४ सय हारहारी प्रतिनिधि सहभागी हुने रास्वपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?