+
+

अवैध रूपमा अमेरिका जान हिंडेका १७६ नेपाली ब्राजिलमा अलपत्र

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ११ गते २०:४७
ब्राजिलको साओपाउलो शहर।

११ भदौ, काठमाडौं । अवैध रूपमा अमेरिका हिंडेका १७६ जना नेपाली ब्राजिलमा अलपत्र परेका छन् ।

ब्राजिलस्थित नेपाली दूतावासले पनि १७६ जना नेपाली साओपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा रहेको पुष्टि गरेको छ । सबै सकुशल रहेको र आवश्यक मानवीय सहायता पुर्‍याउने दूतावासले जनाएको छ ।

मानव तस्करहरुको समूहले अवैध रुपमा अमेरिका प्रवेश गराउने भन्दै ब्राजिल लगायतका दक्षिण अमेरिकी देशहरु पुर्‍याउने गरेका छन् ।

पछिल्लो समय ब्राजिलले नेपाल लगायतका केही देशका राहदानी बाहकलाई प्रवेशाज्ञा लिएको भए मात्र ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको छ ।

अब नेपाली आगन्तुकले ब्राजिल भएर सिधै गन्तव्य मुलुकतर्फ उड्न पाउने, त्यसरी नगएमा विमानस्थलबाट फर्काउनेछ । ‘विमानस्थलमा शरणार्थीको मान्यता नदिइने जनाइसकेको छ’, नेपाली दूतावासले भनेको छ ।

साथै दूतावासले जायज कारण भए पुष्टि हुने कागजात र प्रवेशाज्ञा पाएर मात्र ब्राजिल आउन वा ब्राजिल भएर अरू देशको भ्रमणमा जान अनुरोध समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?