+
+

विदेश पठाउने नाममा १ करोड ठगेको आरोपमा दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ११ गते १८:४८

११ भदौ, काठमाडौं । वैदेशिक रोजगारीका लागि विदेश पठाउने भन्दै करिब एक करोड रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दाङको लमही नगरपालिका–४ का ३० वर्षीय देव सुनार र २७ वर्षीय भीम सुनार छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कन्चनपुरको गड्डाचौकीबाट पक्राउ गरेको हो ।

उनीहरुले ग्रिस, अल्बानिया, पोर्चुगल, माल्टा, युके जस्ता देशमा पठाउने भन्दै ९ जनाबाट ९५ लाख ३४ हजार रुपैयाँ ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए । पक्राउ परेका दुबै जनालाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।

उनीहरुले प्रतिव्यक्ति १० देखि १३ लाख रुपैयाँसम्म ठगी गरेको पाइएको छ । विश्वासमा पार्नका लागि उनीहरुले देखाएका टिकट तथा भिसाहरु समेत नक्कली भएको खुलेको छ । उनीहरुले २ वर्षअघि ४ जना महिलालाई ग्रिस पठाएका थिए । त्यसैको विश्वासमा पारेर अन्य व्यक्तिहरुलाई ठगी गरेको देखिएको प्रहरीले जनाएको छ ।

काम हुन्छ भन्दै काठमाडौंबाट भारतको दिल्ली पुर्‍याएर अलपत्र पार्ने गरेको आरोप उनीहरुमाथि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?