+
+

नाडा अटो शोमा ‘केई’ का ३ मोडेल सार्वजनिक, मूल्य कति ?

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ११ गते १९:१३

काठमाडौं । नाडा अटो शोमा ‘केई’ का तीन वटा मोडेल सार्वजनिक भएको छ । नेपालका लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटी र जीओ अटोबाइल्सले ती नयाँ मोडेलहरू सार्वजनिक गरेका हुन् ।

भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको नाडा अटो शो २०२४ को अवसर पारेर कम्पनीले तीन वटा मोडेल सार्वजनिक गरेको हो ।

अटो शो उद्घाटन गर्न पुगेका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ती गाडीहरू सार्वजनिक गरेका हुन् ।

कम्पनीका अनुसार सार्वजनिक भएका नयाँ मोडेलमा ई–क्युट ०२,  ई–क्युट ०४ र इलेक्ट्रिक एसयूभी एक्स३ प्रो ईभी छन् ।

ई–क्युट ०२ मोडल दुई भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ, जसमा २०० किलोमिटर रेन्ज दिने भेरियन्ट र ३०० किलोमिटर रेन्जको भेरिएन्ट छन् । जसको मूल्य क्रमशः १९ लाख ९६ हजार र  २२ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

ई–क्युट ०२ मा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ भने अधिकतम टर्क ११० एनएम छ ।

त्यसै गरी ई–क्युट ०४, ३०० किलोमिटर रेन्जको मूल्य २४ लाख ९६ हजार रुपैयाँ रहेको छ भने ई–क्युट ०४ मा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क ११० एनएम छ ।

त्यसै गरी तेस्रो मोडल एक्स३ प्रो ईभी इलेक्ट्रीक एसयूभी, डिलक्स र फ्ल्यागसिप भेरियन्ट उपलब्ध छ । डिलक्स भेरियन्टको मूल्य ४६ लाख ९६ हजार र फ्ल्यागसिप भेरियन्टको ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । यसमा ५३.६ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र १२० किलोवाट क्षमताको मोटर रहेको छ भने अधिकतम टर्क २८० एनएम छ ।

नाडा स्पेसल अफर अन्तर्गत केई गाडीको खरिदमा ग्राहकले ७.३ किलोवाटको वाल माउन्टेड चार्जरका साथै १ वर्षका लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

नाडा अटो शोमा स्टल नम्बर एच–१६ बाट केई ब्रान्डबारे जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?