+
+

नयाँ विमानस्थल चलाउन अन्तर्राष्ट्रिय वायुसेवा प्रतिनिधिसँग पर्यटनमन्त्रीको छलफल

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ११ गते १९:१५

११ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पोखरा र भैरहवा विमानस्थल सञ्चालनमा ल्याउने सन्दर्भमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका प्रतिनिधिसँग छलफल गरेका छन् ।

मंगलबार पर्यटनमन्त्री पाण्डेले अन्तराष्ट्रिय वायुसेवा सञ्चालकका प्रतिनिधिसँग छलफल गर्दै मन्त्री पाण्डेले यी विमानस्थल चलाउन सरकारले विभिन्न प्याकेज ल्याएको बताए ।

पोखरा र भैरहवा विमानस्थल पूर्ण क्षमतामा चलाउन खोजिएको भन्दै उनले देशको जटिलता बुझेर सरकारले यस्तो निर्णय गरेको बताए ।

मन्त्री पाण्डेले दुइटै विमानस्थल सञ्चालन गर्न नीतिगत, व्यावसायिक र सुरक्षाका क्षेत्रमा निरन्तर छलफल गर्न सरकार तत्पर रहेको बताए ।

उनले पोखरा पर्यटकीय राजधानी भएको उल्लेख गर्दै चीन, भारत लगायत देशबाट पोखरा र भैरहवामा पर्यटक भित्र्याउन सकेको अवस्थामा राज्यले लाखौं राजस्व संकलन गर्न सक्ने बताए ।

सरकारले ल्याएको प्याकेज केही समयपछि के होला भन्ने विषयमा चिन्ता नलिन समेत अन्तर्राष्ट्रिय वायुसेवाका प्रतिनिधिसँग आग्रह गरे ।

मन्त्री पाण्डेले रुटका विषयमा सरकार चीन र भारतसँग कूटनीतिक छलफलमा रहेको बताए । छलफलमा जजिरा, सिंगापुर एयरलाइन्स लगायत दर्जनभन्दा बढी वायु सेवा सञ्चालकका प्रतिनिधि उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?