+

एसियन जुनियर बक्सिङमा नेपालबाट ४ खेलाडी सहभागी हुने

२०८१ भदौ  ११ गते १९:२३ २०८१ भदौ ११ गते १९:२३
एसियन जुनियर बक्सिङमा नेपालबाट ४ खेलाडी सहभागी हुने

११ भदौ, काठमाडौं । एसियन बक्सिङ कन्फेडेरेशनको आयोजनामा युएईको अबुधाबीमा हुने एसियन जुनियर तथा स्कुल ब्वाईज एण्ड गर्ल्स बक्सिङ प्रतियोगितामा नेपालबाट ४ पुरुष खेलाडी सहभागी हुने भएका छन् ।

अगष्ट २७ देखि सेप्टेम्बर १० तारिख (भदौ ११ देखि २५) गते सम्म सन्चालन हुने प्रतियोगितामा विभिन्न देशका १३ देखि १६ बर्ष उमेर समूहका ४५० जना भन्दा बढी खेलाडीले खेल्ने छन् ।

नेपालको तर्फबाट एसियन जुनियर प्रतियोगितामा सहभागी हुने जाने खेलाडीहरुको छनौट देशभरका १७५ जना खेलाडी वीचबाट गरिएको नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेले जानकारी दिए ।

जुनियर ४६ केजी तौल समुहमा चन्दन शाही, ६० केजी तौल समूहमा शेरप गल्चेन शोर्पा, ८० केजी मा सर्यन बैद्य र ६१ केजी स्कुलमा रोमस श्रेष्ठले प्रतिष्पर्धधा गर्ने महासंघका महासचिव मान बहमादुर भण्डारीले जानकारी दिए ।

यस्तै प्रशिक्षकमा रमेश दास श्रेष्ठ र निर्णायकमा धनकुमार मैनालीले भाग लिने जानकारी दिइएको छ । टोली मंगलबार राती दुबई प्रस्थान गर्नेछ ।

खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले देशको नाम उचो राख्ने गरि प्रर्दशन गर्न शुभकामना दिए ।

एसियन जुनियर बक्सिङ नेपाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय