+
+

२९० किलोमिटरसम्म रेन्ज दिने टाटाको पन्च ईभी सार्वजनिक, मूल्य कति ? 

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ११ गते १९:३६

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले पन्च ईभी नेपाली बजारमा सार्वजनिक गरेको छ ।

काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको नाडा अटो शोमा पन्च ईभी सार्वजनिक गर्दै बिक्री सुरु गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार टाटा पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

उत्कृष्ट एक्ट ईभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित टाटाको पहिलो उत्पादन पन्च ईभी अत्याधुनिक प्रविधियुक्त भएको कम्पनीले जनाएको छ ।

१६ इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स रहेको पन्च ईभीमा २५ किलोवाट (एमआर) र ३५ किलोवाट (एलआर) दुई भिन्न ब्याट्री प्याक रहेका छन् । गाडीमा ९० डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको छ ।

नेपालका विभिन्न भूभागमा गरेको परीक्षणमा यो गाडीले २७० देखि २९० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने दाबी कम्पनीको छ । पन्च ईभीमा १ लाख ६० हजार किलोमिटर वा ८ वर्षसम्मको वारेन्टी दिएको कम्पनीले जनाएको छ ।

टाटा मोटर्स पेसेन्जर इलेक्ट्रिक मोबिलिटीका चिफ स्ट्राटिजी अफिसर बालाजी राजनले नेपाली बजारमा पन्च ईभी सार्वजनिक गर्नु कम्पनीको सफलता भएको बताए ।

उनले टियागो इभी र नेक्सन इभीको सफलता पछि पन्च ईभी सार्वजनिक भएको बताए । भारतमा लोकप्रिय टाटा पन्च मासिक १८ हजार युनिटभन्दा बढी बिक्री भइरहेको उनले बताए ।

सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले टाटा मोटर्ससँगको व्यापारिक साझेदारीमा पन्च ईभी नेपालमा सार्वजनिक गर्न पाउँदा उत्साहित भएको बताए ।

अत्याधुनिक प्रविधियुक्त कम्प्याक्ट एसयूभी पन्च ईभीमा ग्राहकले वातावारणमैत्री, आरामदायी र सुरक्षित यात्राको अनुभूति पाउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?