+

खेलकुदमन्त्रीसँग खेलाडीले खोजे १० औं खेलकुद समयमा हुने ग्यारेन्टी

२०८१ भदौ  ११ गते २०:०७ २०८१ भदौ ११ गते २०:०७
खेलकुदमन्त्रीसँग खेलाडीले खोजे १० औं खेलकुद समयमा हुने ग्यारेन्टी

११ भदौ, हेटौंडा । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

संघका अध्यक्ष दीपक श्रेष्ठसहितको टोलीले मंगलबार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङलाई भेटेर २ देखि ९ मंसिरसम्म कर्णालीमा हुने तय भएको राष्ट्रिय खेलकुद त्यही मितिमा हुनुपर्ने माग गरेका हुन् ।

उनीहरुले संघीय सरकारले प्रतियोगिताबारे स्पष्ट जानकारी नगराउँदा खेलाडीमा अन्योल भएको भन्दै आधिकारिक धारणा सार्वजनिक गर्न मन्त्री चौधरीलाई आग्रह गरे ।

कर्णाली प्रदेश खेलकुद परिषद्ले प्रतियोगिताको मिति लेखाजोखा सुरु गरिसकेको भए पनि संघीय सरकार तथा राष्ट्रिय खेलकुद परिषद्ले पूर्वनिर्धारित मितिमा प्रतियोगिता आयोजना हुने/नहुने भन्ने प्रष्ट नपार्दा खेलाडीहरुमा अन्यौल भएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

१० औं राष्ट्रिय खेलकुदका विषयमा प्रष्ट जानकारी देशभरका खेलाडी र खेलकर्मीलाई दिन राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष समेत रहेका मन्त्री चौधरीलाई आग्रह गरिएको संघका अध्यक्ष श्रेष्ठले बताए ।

‘हरेक दुई वर्षमा आयोजना हुने लक्ष्यका साथ सुरु भएको राष्ट्रिय खेलकुद विगतमा वर्षौंसम्म आयोजना हुन नसकेको तितो यथार्थ पनि हामीसामू छ । जसले गर्दा त्यति बेलाका कतिपय खेल प्रतिभाले आफ्नो खेल कौशललाई प्रदर्शन गर्न पाएनन् । त्यसर्थ भविष्यमा यस्तो परिस्थिति फेरि कहिल्यै नआओस् भन्दै सरकारको ध्यानाकर्षण पनि गराउन चाहन्छौं’, श्रेष्ठले भने ।

ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री चौधरीले पूर्वनिर्धारित मितिमा नै राष्ट्रिय खेलकुदको १० औं संस्करण आयोजना गर्न सम्भव रहेको प्रतिक्रिया दिए । पूर्वाधार निर्माण तीब्र गतिमा भइरहेकाले समयमा प्रतियोगिता गर्न सकिने उनले बताए ।

खेलकुदमन्त्री तेजुलाल चौधरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय