+
+

यस्तो देखियो ‘वर एण्ड वधु’को प्रिमियर (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ११ गते २१:५०

काठमाडौं ।  मिलन चाम्स निर्देशित फिल्म ‘वर एण्ड वधु’लाई एक्सक्लुसिभ प्रिमियर गरिएको छ । मंगलबार बेलुका पर्यटकीय राजधानी पोखराको मिडटाउन सिनेमाजमा फिल्मको रेडकार्पेट प्रिमियर गरियो ।

फिल्मको प्रथम प्रदर्शनीमा निर्देशक चाम्ससहित कलाकारहरु आँचल शर्मा, विवेक कर्माचार्य, किरण केसी, कुसुम शर्मा लगायत सहभागि रहे । लाहुरेको सहर भनेर चिनिने पोखरेली अतिथि पनि प्रिमियरमा देखिए ।

‘दर्शकबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेका छौं’ निर्देशक चाम्सले भने, ‘यसले हामीलाई उत्साही तुल्याएको छ ।’ अभिनेत्री शर्माले पनि दर्शकको प्रतिक्रियाले आफूहरुलाई प्रफुल्ल तुल्याएको बताइन् ।

निर्देशक चाम्सले आफू निर्देशित फिल्महरुको पोखरा प्रिमियर आयोजना गर्दै आइरहेका छन् । फिल्मलाई बुधबार बेलुका काठमाडौंमा समेत प्रिमियर गर्ने तयारी छ । यो फिल्म शुक्रबार प्रदर्शन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?