+
+

वातावरण वैज्ञानिकले ल्याए भजन ‘पिर हरिदेऊ’

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ११ गते २२:०७

काठमाडौं । कृष्ण जन्माष्टमीको अवसर पारेर गायक तथा संगीतकार अजित घिमिरेको स्वर तथा संगीतमा सजिएको ‘पिर हरिदेऊ’ शीर्षकको भजन यूट्युबमार्फत सार्वजनिक भएको छ ।

यो भजनको संगीत संयोजन वरिष्ठ संगीतकार शिलाबहादुर मोक्तानले गरेका छन् । अमेरिकामा वातावरण विज्ञानमा पिएचडी गरेका संगीतकर्मी घिमिरेका ‘कालीको ठुम्का’, ‘बाँध मायाले’, ‘धिन्तनाक्धीन’, ‘लभ मास्टर’, ‘जब साथ तिम्रो न्यानो’ जस्ता गीतहरुले यसअघि नै दर्शक तथा श्रोताको मन जितिसकेका छन् ।

‘पिर हरिदेउ’ भजन काठमाडौंस्थित नागार्जुन नगरपालिकाको आदेश्वर शिव मन्दिरमा छायांकन गरिएको हो । भजनको भिडियोमा छायांकन, सम्पादन तथा निर्देशन सुवर्णकुमार श्रेष्ठ तथा रञ्जन कार्कीले संयुक्त रुपमा गरेका छन् ।

भजनको रेकर्डिङमा अमेरिका निवासी किशोर सिवाकोटीले सहयोग गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?