+

एन्फा कार्यसमिति बैठक बिहीबारसम्मका लागि स्थगित

२०८१ भदौ  ११ गते २३:०७ २०८१ भदौ ११ गते २३:०७
एन्फा कार्यसमिति बैठक बिहीबारसम्मका लागि स्थगित

११ भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक मंगलबार नसकिएपछि बिहीबारसम्मका लागि स्थगित भएको छ ।

मंगलबार सुरु भएको एन्फा कार्यसमिति बैठक समय अभावका कारण स्थगित भएको एन्फाले जनाएको छ ।

‘एन्फाको आठौं कार्यसमिति बैठक समय अभावका कारण स्थगित भएको छ । बैठक अब बिहीबार पुनः बस्नेछ ।’ एन्फाले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।

कार्यसमिति बैठकमा विविधसहित कूल २३ बुँदे एजेन्डा समावेश थियो । बिहान ८ बजे सुरु हुने भनिएको कार्यसमिति बैठक १०:४५ बजे सुरु भएको थियो ।

जसमा नेपाली पुरुष टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता नथप्ने, एन्फा महासचिव किरण राईको मासिक तलब २ हजार अमेरिकी डलर पुर्‍याउने, राष्ट्रिय टोलीका खेलाडीलाई मासिक ३० हजार रुपैयाँ दिने लगायत विभिन्न वपषयमा निर्णय गरेको छ ।

एन्फाले बिहीबारको बैठकपछि सबै निर्णय सार्वजनिक गर्ने जनाएको छ ।

 

एन्फा कार्यसमिति बैठक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय