+
+

विराटनगरको रथयात्रा समापन, शंकास्पद गतिविधि गरेको आरोपमा १४३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १२ गते ६:०८

१२ भदाै, विराटनगर । मोरङको विराटनगरमा निकालिएकाे राधाकृष्ण रथयात्रा गएराति समापन भएको छ । विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिर परिसरबाट दिउँसो सुरु भएको राधाकृष्णको युगल जोडीसहितको रथ यात्रा बजार क्षेत्रको करिब ८ किलोमिटर यात्रा तय गरी पुन: मन्दिरमा पुगेर समापन भएको हो ।

प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रामा तीन लाख बढी भक्तजन सहभागी भएको आयोजकले बताएको छ । राधाकृष्ण मन्दिर परिसरबाट निकालिने रथयात्रा तीनपैनबाट मेनरोड हुँदै जलजला चोक, ट्राफिक चोकदेखि रोडशेष चोक, महेन्द्र चोक, भृकुटी चोक र बरगाछी हुँदै पुनः मन्दिर परिसरमा पुगेकाे थियाे ।

रथयात्राका क्रममा चोरी र पकेटमारीमा संलग्न तथा शंकास्पद गतिविधि गरेको आरोपमा १ सय ४३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा रहेकामध्ये १० जना महिला छन् ।

मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले उच्छृङ्खल र शंकास्पद गतिविधि तथा चोरी र पकेटमारीमा संलग्नहरुलाई अनुसन्धानको दायरामा ल्याइएको जानकारी दिए ।

विराटनगरमा राधाकृष्णको रथयात्रा विक्रम संवत १९८८ देखि ‘खट’ यात्राबाट प्रारम्भ भएको थियो । २०२५ सालबाट खटसँगै रथयात्रा निकाल्न थालिएको हो । खट यात्राको ९३ औं र रथको ५६ औं संस्करण हो ।

विराटनगरको रथयात्रालाई दक्षिण एसियाको दोस्रो ठूलो रथयात्रा भएको दाबी गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?