+

ओल्मोको डेब्यु गोलमा बार्सिलोनाको पुनरागमन जित

२०८१ भदौ  १२ गते ८:३५ २०८१ भदौ १२ गते ८:३५
ओल्मोको डेब्यु गोलमा बार्सिलोनाको पुनरागमन जित

१२ भदौ, काठमाडौं । डानी ओल्मोले बार्सिलोनाबाट डेब्यु खेलमै गोल गरेपछि स्पानिस ला लिगामा बार्सिलोनाले रायो भालेकानोमाथि २-१ को पुनरागमन जित हात पारेको छ ।

यसै समरमा लाइपजिगबाट बार्सिलोना पुगेका ओल्मोले ८२औं मिनेटमा लामिन यामलको पासमा विजयी गोल गरेका थिए ।

त्यसअघि उनाई लोपेजले नवौँ मिनेटमा गोल गर्द घरेलु टोली रायो भालेकानोलाई अग्रता दिलाएका थिए । तर उसले अग्रता जोगाउन सकेन । ६०औं मिनेटमा पेड्रीले बार्सिलोनाका लागि बराबरी गोल फर्काए । त्यसपछि ओल्मोले खेल सकिन ८ मिनेट बाँकी छँदा बार्सिलोनाका लागि विजयी गोल गरे ।

ला लिगामा नयाँ सिजन लगातार तीन खेल जितेको बार्सिलोना ९ अंकसहित शीर्ष स्थानमा छ । पहिलो हार व्यहोरेको भालेकानो ३ खेलबाट ४ अंकसहित आठौं स्थानमा छ ।

ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय