+

टीयू बिआईएम कप क्रिकेट भदौ १४ देखि हुने

२०८१ भदौ  १२ गते ९:३२ २०८१ भदौ १२ गते ९:३२
टीयू बिआईएम कप क्रिकेट भदौ १४ देखि हुने

१२ भदौ, काठमाडौं । टीयू बिआईएम कप अन्तर कलेज क्रिकेट प्रतियोगिता यही भदौ १४ गतेदेखि हुने भएको छ ।

आयोजक म्यान क्यान डुले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता भदौ १४ देख १७ गतेसम्म मुलपानी क्रिकेट मैदानमा हुने जानकारी गराएको हो ।

प्रतियोगितामा नेपाल कमर्स क्याम्पस, शंकरदेव क्याम्पस, किस्ट कलेज, केसीउमआईटी, मेची मल्टीपल क्याम्पस, आईएमएस कलेज सेन्ट जेभियर्स कलेज र अर्चिड कलेजको सहभागिता हुनेछ ।

२० ओभरमा खेलाइने प्रतियोगिताका खेलहरु नकआउटका आधारमा हुनेछन् ।

प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले २० हजार प्राप्त गर्नेछन् ।

नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय