+
+

चितवनमा चालु आर्थिक वर्षको डेढ महिनामा ३६ सवारी दुर्घटना, १२ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १२ गते १२:०७

१२ भदौ, चितवन । सवारी दुर्घटना बढी हुने जिल्लाको सूचीमा उपल्लो स्थानमा रहेको चितवनमा चालु आर्थिक वर्षको डेढ महिनाको अवधिमा १२ जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले दिएको जानकारी अनुसार साउन महिनामा १० जना र भदौ १० गतेसम्ममा २ जना गरी १२ जनाको मृत्यु भएको हो । उनका अनुसार चितवनमा साउनमा २८ वटा र भदौको १० गतेसम्म ८ वटा दुर्घटना भएका छन् । मृत्यु हुनेमा १० पुरूष र २ महिला छन् ।

ट्राफिक प्रहरी प्रमुख सुवेदीकाअनुसार पूर्व–पश्चिम राजमार्गमा भएका दुर्घटनामा २ जना, नारायणगढ–मुग्लिन सडकखण्डमा ४ जना, शहरी सडकखण्डमा १ जना र भित्री सडकमा ५ जनाको मृत्यु भएको छ । गत वर्ष यो अवधिमा साउनमा ४ जना र भदौमा ६ जना गरी १० जनाको मृत्यु भएको थियो ।

यस वर्षको यही अवधिमा पृथ्वी राजमार्गमा भने कुनै पनि सवारी दुर्घटना नभएको चितवन प्रहरीले जनाएको छ । सबैभन्दा धेरै घाइते मुग्लिन–नारायणगढ सडकखण्डमा ७२ जना भएका छन् ।

डेढ महिनाको अवधिमा प्रहरीले ट्राफिक नियम उल्लंघनकर्ताबाट ७५ लाख ३१ हजार रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ ।

गत आर्थिक वर्षमा जिल्लामा भएका ४४५ सवारी दुर्घटनामा परेर ११५ जनाले ज्यान गुमाएका थिए भने, १५० जना गम्भीर घाइते र ६८२ जना सामान्य घाइते भएका थिए ।

अघिल्लो बर्ष सवारी दुर्घटनामा ४४.३ प्रतिशतले कमी आएको भए पनि गत आर्थिक वर्ष सवारी दुर्घटनाको संख्या ह्वात्तै बढेको थियो । अघिल्लो आर्थिक वर्ष सवारी दुर्घटनामा ७८ जनाको मृत्यु भएको थियो ।

आर्थिक वर्ष २०८०/०८१ मा ४४५, आ.ब.२०७९/०८० मा ३०३, आ.व. २०७८/०७९ मा ५३० वटा सवारी दुर्घटना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?