+
+

फिल्म निर्देशक मीन भामले बाल अस्पताललाई १ करोड सहयोग गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १२ गते १२:१५

काठमाडौं । फिल्म निर्देशक मीनबहादुर भामले चिकित्सक भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पताललाई आर्थिक सहयोगको घोषणा गरेका छन् । आफू निर्देशित पछिल्लो फिल्म ‘शाम्बाला’को ट्रेलर सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा भामले अस्पताललाई एक करोड रुपैयाँ सहयोग उपलब्ध गराउने बताए ।

आफूसँग रहेको १० वटा थाङ्का चित्र रहेको र तिनको बिक्री मार्फत हुने आम्दानी अस्पताललाई सहयोग गर्ने उनले बताए । फिल्म प्रदर्शनको क्रममा विभिन्न देशमा थांका प्रदर्शनीमा राखिने उनले जनाए ।

‘थांका बेचेर एक करोडभन्दा बढी कमाउन सकिनँ भने पनि एक करोड रुपैयाँ सहयोग गर्छु’ उनले भने । यो थांकालाई डोल्पाका स्थानीय कलाकारले तयार पारेका हुन् ।

समाजसेवामा जोडिन मन लागेकाले यो आइडिया फुरेको उनले बताए । उनले आफ्नो फिल्मको कथा पनि सक्कली थांकाबाट सुरु हुने बताए । डाक्टर कोइरालाले पनि यो सहयोग घोषणाप्रति भामलाई धन्यवाद दिंदै नेपालमा स्तरीय फिल्म निर्माण गर्ने निर्माता, निर्देशक, कलाकार छन् भन्ने कुरा शाम्बालाले देखाएकोमा खुसी व्यक्त गरे ।

कोइरालाको नेतृत्वमा सातै प्रदेशमा बाल अस्पतालको निर्माण सुरु भएको छ । यसअघि गायिका आनी छोइङ डोल्माले पनि यो अस्पताललाई एक करोड ८० लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?