+
+

आफूलाई आइफोन किनिदिन माग गर्दै किशोरले गरे ३ दिने भोक हड्ताल

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १२ गते १२:२७

अहिलेका सबै उमेर समूहका मानिसहरुलाई स्मार्टफोनको मोह यतिधेरै बढेको छ कि आफ्नो फोन चलाउने रहर पूरा गर्नका लागि उनीहरू परिवारमा जुनसुकै ब्लाकमेल गर्न समेत तयार हुन थालेका छन्।

भारतमा एकजना किशोर आफ्नी गरिब आमालाई आइफोन किन्न बाध्य पार्नका लागि ३ दिनसम्म अनसन बसेको घटना अहिले चर्चामा छ ।

भारतमा एक स्मार्टफोन पसलले खिचेको छोटो भिडियो गत हप्ता भाइरल भयो । उक्त भिडियोमा एक किशोरले आफ्नो लागि नयाँ आइफोन किनिदिन आमासँग माग गर्दै तीन दिनसम्म अनशन बसेको स्वीकार गरेको छ ।

अनसन बस्ने छोराको माग पूरा गरिदिनका लागि बाध्य भएर आइफोन किनिदिने ती महिलाले मन्दिर बाहिर फूल बेचेर जीविका चलाउने बताइएको छ । भिडियोमै पनि उनको अनुहारको हाउभाउले उनको संघर्ष तथा गरिबीलाई झल्काउँछ .

सोसल मिडियामा निकै चर्चित बनिरहेको उक्त भिडियोले समाजमा स्मार्टफोन लगायतका ग्याजेटलाई प्रतिष्ठाको प्रतीकको रूपमा हेर्ने चलनसँगै नयाँ पुस्तामा बढ्दै गएको अधिकारवादी तथा गैरजिम्मेवारी आचरणका विषयमा एक चर्को बहसको सिर्जना गरेको छ ।

भिडियोमा ती महिलाले भनेकी छिन्, ‘मैले मन्दिरबाहिर फूल बेच्ने काम गर्दछु। छोराले ३ दिनसम्म खाना नखाएपछि मैले उसलाई फोन किन्न पैसा दिएँ । अहिले म खुसी छु । तर छोराले फोन किन्नका लािग खर्चिएको उक्त पैसा कमाएर फिर्ता ल्याओस् भन्ने चाहन्छु।’

ती किशोरले एउटा आइफोनका लागि आफ्नी आमाप्रति गरेको व्यवहार र आमालाई दिएको आर्थिक र भावनात्मक यातनाप्रति सामाजिक सञ्जाल प्रयोगकर्ताले तीव्र आलोचना गरेका छन् ।

एक प्रयोगकर्ताले लेखेका छन्, ‘जब तपाईं बेरोजगार हुनुहुन्छ भने आइफोन जस्तो महंगो फोनमा यति धेरै पैसा खर्च गर्नुको कुनै तुक छैन ।’

स्मरण रहोस् विश्वका विभिन्न देशमा खासगरी युवा पुस्तामा ‘आयफोन-मेनियाुले वर्षौंदेखि जरा गाडेको छ । कतिपय मानिसहरुले त आइफोन किन्नका लागि मिर्गौला समेत बेचेका समाचार समेत आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?