+
+

प्रकाश तामाङको नागरिकता बनाउनेबारे प्रधानमन्त्रीले गरे गृहसचिवसँग छलफल

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १२ गते १२:४६

११ भदौ, काठमाडौं । प्रकाश तामाङको नागरिकता बनाउनेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले गृह मन्त्रालयका सचिव एकनारायण अर्यालसँग छलफल गरेका छन् ।

सामाजिक सञ्जालमा गृहसचिव अर्यालसँगको फोटो राख्दै प्रधानमन्त्री ओलीले प्रकाश तामाङको नागरिकता बनाउनेबारे छलफल गरेको जानकारी दिएका हुन् ।

‘प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो । नागरिकता भए मात्र उहाँको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने हुन्छ’ प्रधानमन्त्रीले लेखेका छन् ।

प्रकाशको वास्तविक जीवनको कथा ‘हेर्ने कथा’ले सार्वजनिक गरेको छ ।

गृहसचिव अर्यालले प्रकाशलाई दुई÷चार दिन भित्रै नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाएको प्रधानमन्त्री ओेलीले जानकारी दिए । प्रधानमन्त्री ओलीका अनुसार यो खबर प्रकाशलाई पनि पठाइसकिएको छ ।

‘नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ’ प्रधानमन्त्रीले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?