+
+

बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १२ गते १३:२५

१२ भदौ, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले बुधबार ४० अर्ब तरलता खिच्ने भएको छ ।

बुधबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत २१ दिनका लागि ४० अर्ब तरलता खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले नियमित तरलता खिचिरहेको छ ।

२०८० फागुनदेखि स्थायी निक्षेप सुविधा ल्याएको केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत पनि तरलता खिचिरहेको छ ।

बुधबार ३ बजेभित्र निक्षेप संकलन उपकरणमा लगानी गर्न इच्छुक बैंकले बोलकबोल पेस गर्नुपर्नेछ ।

ब्याजदर बोलकबोलबाट तय हुने र निक्षेप संकलन उपकरणमा लगानी गर्ने बैंकले सावाँ र ब्याज २ असोजमा फिर्ता पाउने केन्द्रीय बैंकले जनाएको छ ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप संकलनको बोलकबोलमा निक्षेप वापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ ।

निक्षेप संकलनका लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

आह्वान गरिएको रकममध्ये सम्पूर्ण वा आंशिक रकमको बोल स्वीकार वा अस्वीकार गर्ने अधिकार समितिलाई रहने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?