+
+

प्रधानमन्त्रीविरूद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेकालाई रिहा गर्न रास्वपाको माग

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १२ गते १३:५१

१२ भदौ, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका दुई युवकलाई रिहा गर्न माग गरेको छ ।

बुधबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग आकस्मिक समय लिएर रास्वपाका सांसद हरि ढकालले यस्तो माग गरेका हुन् ।

विरोधका बोली राज्यले सुन्न सक्नुपर्ने उनले बताए । ‘स्वदेशमा अवसरबाट बन्चित, रोजगारीबाट बन्चित बनाइएका ती युवाहरुले सिंहदरवार भित्रका बेइमानहरुलाई खबरदारी गर्दै गर्दा त्यसरी माउन पाइँदैन् । को तत्काल रिहा गर्न म माग गर्न चाहन्छु’ सांसद ढकालले भने ।

गत सोमबार टुँडिखेलमा आयोजित गौरापर्वको कार्यक्रममा सुरक्षा व्यवस्थामा असर पर्ने गतिविधि गरेको आरोपमा भोलिपल्ट मंगलबार काठमाडौं प्रहरीले सुर्खेतका गोपीराम (गोपीकृष्ण) जैसी र अछामका रामबहादुर बुढालाई पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?