+
+

जितु नेपाल र नीति शाह अभिनित ‘ज्वाइँ साब’को टिजर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १२ गते १३:५५

काठमाडौं । जितु नेपाल र नीति शाहको शीर्ष भूमिका रहेको फिल्म ‘ज्वाइँ साब’को टिजर सार्वजनिक भएको छ । विवाह गर्न खोजिरहेका पात्र र तिनको रमाइला घटनामा टिजर केन्द्रित छ ।

टिजर हेर्दा फिल्म कमेडी जनरामा बनेको बुझ्न सकिन्छ । जितुलाई गोवर्द्धन पण्डितको भूमिकामा चिनाइएको छ । टिजरमा नीतिको पात्रसँग गोवर्द्धन पात्रको विवाह भएको देखाइएको छ ।

नीतिलाई बेहुली बनेर हात्तीमा चढेको देखिएको छ । बुद्धि तामाङ र हिमेश पन्त पनि फिचर्ड छन् । यी दुईको पात्र पनि विवाहकै मनोदशामा गुज्रिएको बुझ्न सकिन्छ ।

निर्देशक वसन्त निरौलाको यो सात वर्षपछिको कमब्याक हो । उनको पछिल्लो फिल्म ‘मेला’ सन् २०१७ मा रिलिज भएको थियो । ‘ज्वाइँ साब’ निरौला निर्देशित छैटौं फिल्म हुनेछ ।

फिल्ममा मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा शंकर धितालको लेखन, सविन अधिकारीको कथा, श्याम तामाङको छायांकन, सञ्जय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।

फिल्ममा रमेश बुढाथोकी, शिशिर बाङ्देल, प्रकाश घिमिरे, नीमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउतको पनि अभिनय छ । राजकुमार पण्डितको प्रस्तुतिम फिल्म तयार भएको हो ।

‘ज्वाइँ साब’ असोज २४ गते दशैंको फूलपातीमा रिलिज हुँदैछ । यो फिल्म उक्त मितिमा ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’सँग भिड्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?