+
+

भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राख्ने विधेयक फिर्ता लिन कांग्रेस सांसद केसीको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १२ गते १५:०९

१२ भदौ, काठमाडौं। नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले भ्रष्टाचारको अनुसन्धानमा पाँच वर्षको हदम्याद राख्ने गरी प्रस्तावित विधेयक फिर्ता लिन सरकारलाइ आग्रह गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

नेपाली समाजमा निराशा बढेको र यसको कारण खोजी गर्दा भ्रष्टाचारको अनुसन्धानमा पाँच वर्षको हदम्याद राख्ने प्रस्तावित विधेयक समेत रहेको सांसद केसीले बताए ।

‘सबैभन्दा पहिला भ्रष्टाचारको मुद्दामा पाँच वर्षको हदम्याद राख्ने जुन काम गरेको छ । यो अत्यन्त दुर्भाग्यपूर्ण छ । यो कसको निम्ति ल्याइएको हो ? लोकतन्त्रको निम्ति ? सुशासनको निम्ति ? सामाजिक न्यायको निम्ति वा विकासको निम्ति हो ?’ केसीले प्रश्न गरे ।

उनले यो विधेयकलाई नै फिर्ता लिन सरकारलाई भनेका छन् । ‘… केवल भ्रष्टाचारबाट उन्मुक्ति दिने, त्यसलाई प्रोत्साहन गर्ने भएको हुनाले यो विधेयक तत्काल फिर्ता गरोस् यदि यो सरकार सुशासको पक्षमा छ भने, यो सरकार साच्चै दण्डहिनता र भ्रष्टाचार विरोधी छ भने’ उनले भने ।

विधेयक अगाडि बढाउने नै हो भने सांसदहरुलाई ह्वीप लगाउन नहुने उनको राय छ । ‘होइन सक्दै सक्दैन्, त्यसलाई रक्षा गर्नुछ भने यो सदनलाई विवेकको मत दिन अधिकार प्रारम्भ गरियोस्’ सांसद केसीले भने ।

अन्य देशमा समेत सांसदले विवेकको मत प्रयोग गर्ने अभ्यास रहेकाले भ्रष्टाचारमा अनुसन्धानमा पाँच वर्षको हदम्याद राख्ने विषयमा नेपालको सदनमा समेत विवेकको मत प्रयोग गर्न दिनुपर्ने उनको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?