+
+

शंखमूलमा स्नुकर सञ्चालकको हत्या आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १२ गते १५:५५

१२ भदौ, काठमाडौं। शंखमूलमा स्नुकर सञ्चालक रुपक बान्तवा राईको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका–७ घर भइ काठमाडौं बस्दै आएका २२ वर्षीय एमके कुमार छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । राईको हत्या आरोपमा  एमकेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

व्यक्तिगत रिसइबीका कारण उनले राईको हत्या गरेको प्रहरीले जनाएको छ । सोमबार बिहान करिब २ बजेतिर रुपक आफ्नै खाजा तथा स्नुकर हाउसको सोफामा गम्भीर घाइते अवस्थामा भेटिएका थिए ।

टाउकोमा धारिलो हतियार प्रहारबाट घाइते भएका उनलाई प्रहरीले उपचारका लागि सिभिल अस्पतालमा पुर्‍याएपछि साढे २ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

शंखमूलकै साइबाबा पार्कस्थित टहरामा भाडामा बस्दै आएका एमकेको कोठाबाट प्रहरीले घटनामा प्रयोग भएको रड पनि बरामद गरेको छ ।

त्यस्तै मृतक राईको पर्स, चस्मा, झोला लुगा पनि बरामद भएको परिसरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?