+

नेपाल विरुद्ध बंगलादेशको दोस्रो गोल

२०८१ भदौ  १२ गते १५:४७ २०८१ भदौ १२ गते १५:४७
नेपाल विरुद्ध बंगलादेशको दोस्रो गोल

१२ भदौ, काठमाडौं । साफ यू–२० च्याम्पियनसिपको फाइनलमा बंगलादेशले नेपाल विरुद्ध दुई गोलको अग्रता लिएको छ ।

खेलको ५५ औं मिनेटमा बंगलादेशले दोस्रो गोल गरेको हो । उसका लागि मिराजुलले गोल गरेका हुन् । पहिलो हाफको इन्जुरी टाइममा पनि मिराजुलले नै पहिलो गोल गरेका थिए ।

डि बक्स बाहिरबाट पाएको फ्रिकिकमा उनले सोझै गोल गरेका हुन् । दोस्रो गोलमा भने उनले गोललाइनबाट हेड गरेका थिए ।

नेपाल साफ यू-२० च्याम्पियनसीप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय