+

नेपाललाई स्तब्ध पार्दै बंगलादेश बन्यो च्याम्पियन

२०८१ भदौ  १२ गते १६:२९ २०८१ भदौ १२ गते १६:२९
नेपाललाई स्तब्ध पार्दै बंगलादेश बन्यो च्याम्पियन

१२ भदौ, काठमाडौं । दुई पटकको च्याम्पियन नेपाललाई स्तब्ध पार्दै बंगलादेशले साफ यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ । पहिलो पटक उपाधि जित्ने क्रममा बंगलादेशले घरेलु टोली नेपाललाई ४–१ गोल अन्तरले हरायो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बंगलादेशले पहिलो हाफको इजुरी टाइममा अग्रता लिएको थियो । डि बक्स बाहिर पाएको फ्रिकिकमा मिराजुलले सोझै गोल गरे ।

दोस्रो हाफमा नेपालले आक्रामक खेल खेलेको थियो । तर गोल भने बंगलादेशले गर्‍यो । ५५ औं मिनेटमा मिराजुलले दोस्रो गोल गरेका हुन् ।

खेलको ७१ औं मिनेटमा रवि हुसेनले गोल गरे । डिबक्स एसियाबाट मिराजुलले दिएको पासमा उनले सहजै गोल गरेका हुन् ।

नेपालका लागि सान्त्वना गोल समिर तामाङले गरे । उनले ८१ औं मिनेटमा गोल गरे । खेलमा फर्किने प्रयासमा रहेको नेपालले १० मिनेट इन्जुरी टाइममा गोलका केही प्रयास पनि गरेको थियो । तर ९६ औं मिनेटमा बंगलादेशले नै गोल गर्दै जित सुनिश्चित गर्‍यो ।

नेपालले यसअघि दुई पटक उपाधि जितेको थियो र तेस्रो पटक च्याम्पियन बन्दै उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य राखेको थियो । तर सफल हुन सकेन ।

खेलको पहिलो हाफमा नेपालले गोल गर्ने केही अवसर बनाए पनि सदुपयोग गर्न सकेन ।

नवौं मिनेट निराजन धामीको लामो प्रहार बंगलादेशका मोहम्मद आसिफले मुश्किलले बचाए । उनले बललाई पञ्च गर्दै संकट टारेका थिए ।१३ औं मिनेट निराजनको अर्को लामो तर बंगाली गोलकिपरलाई लागेर बाहिर गयो ।

नेपालले २१ औं मिनेटमा अर्को राम्रो अवसर गुमायो । निराजनले उपलब्ध गराएको पासमा अविनाश स्याङ्तानले फितलो प्रहार गरे ।

३० औं मिनेटमा सीमान्त थापा फ्रिकिक बारमाथिबाट बाहिर गयो । यस्तै ३१ औं मिनेटमा निराजनले बक्स बाहिरबाट हानेको अर्को प्रहार पोष्ट नजिकबाट बाहिर गयो ।

पहिलो हाफमा बंगलादेशले अन्तिम समयमा पाएको अवसरमा गोल गर्दै अग्रता लियो । मिराजुल इस्लामले ४६ औं मिनेटमा फ्रिकिकबाट गोल गर्दै बंगलादेशलाई अग्रता दिलाए ।

नेपालका निरज कार्कीले बंगलादेशका मिराजुल इस्लामलाई पेनाल्टी बक्स भन्दा थोरै बाहिर फल गरेपछि बंगलादेशले फ्रीकिक पाएको थियो । त्यसमा मिराजुलले हानेको प्रहार पोष्टमा लागेर गोलमा परिणत भएको हो ।

पहिलो हाफमा गोल खाएपछि दोस्रो हाफको सुरुदेखि नेपाल बराबरी गोल फर्काउने प्रयासमा लागेपनि सफल हुन सकेन ।

५५ औं मिनेट मिराजुल इस्लामले व्यक्तिगत दोस्रो गोल गर्दै बंगलादेशको अग्रता दोब्बर पारे । असादुल इस्लाम सकिबको क्रसमा असादुल मोल्लले पेनाल्टी बक्स भित्रबाट हानेको हेडरमा मपराजुल इस्लामले नेपालका गोलकिपर बिट भइसकेको अवस्थामा आरामले गोल गरे ।

७१ औं मिनेटमा रबि होसेन राहुलले गोल गर्दै बंगलादेशलाई ३-० को अग्रता दिलाए । मिराजुलको पासमा राहुलले पेनाल्टी बक्स भित्रबाट उत्कृष्ट गोल गरे ।

तीन गोल खाएपछि नेपालका लागि ८० औं मिनेटमा समिर तामाङले गोल गर्दै गोल अन्तर कम गरेका थिए । तर त्यो ढिला भइसकेको थियो ।

बंगलादेशले उल्टी गोल थप्यो । इन्जुरी टाइमको छैटौं मिनेटमा पीएस अहमद नोभाले गोल गर्दै बंगलादेशको ४-१ को जित पक्का गरे ।
बंगलादेशी टोलीले नेपाल आएर जितेको यो चौथो उपाधि हो ।

सन् २०१८ मा साफ यु-१५ को उपाधि जितेको बंगलादेशको सिनियर महिला टोलीले २०२२ मा साफ महिला च्याम्पियनसिपको उपाधि जितेको थियो।

साफ महिला च्याम्पियनसिपको फाइनलमा पनि नेपाल बंगलादेशसँग ३-१ ले नै पराजित भएको थियो । यस्तै २०२४ मै नेपालमा भएको साफ यु-१५ च्याम्पियनसिपको उपाधि पनि बंगलादेशले जितेको थियो ।

नेपाल बंगलादेश साफ यु-२० च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय