+
+

भारतमा ‘ग्याङ्स अफ वासेपुर’ सहित ५ फिल्मको पुनः प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १२ गते १६:५१

काठमाडौं । पछिल्लो समय भारतमा फिल्मको पुनः प्रदर्शनको ट्रेन्ड चलिरहेको छ । यस्तोमा कुनै समयका चर्चित पाँच फिल्म शुक्रबारदेखि हलमा रि–रिलिज हुने भएका छन् ।

हलमा ‘स्त्री २’ को गुल्जार कायमै रहँदा यी तीन नयाँ फिल्मलाई पुनः प्रदर्शन गर्न लागिएको हो । सन् २०१८ मा रिलिज भएको तृप्ति डिमरी र अभिनाश तिवारी स्टारर ‘लैला मजनु’, सन् २०१२ मा रिलिज भएको अनुराग कश्यप निर्देशित ‘ग्याङ्स अफ वासेपुर’का दुवै भाग, सन् २००१ मा रिलिज भएका आर माधवन र दीया मिर्जाको ‘रहेना है तेरे दिल में’ पुनः रिलिज हुनेछन् ।

समीक्षात्मक रुपमा प्रशंसित फोक–हरर ‘तुम्बाड’ (२०१८) र अहिले जेलमा रहेका अभिनेता दर्शन अभिनित कन्नड फिल्म कारिया (२००३) मा रिलिज भएका थिए । यी सबै फिल्म शुक्रबारदेखि भारतभर लाग्नेछन् ।

‘ग्याङ्स अफ वासेपुर’को रनटाइम ३२१ मिनेट छ । यसलाई एउटै फिल्मको रुपमा छायांकन गरिएको थियो । यसका दुवै भागले समीक्षकबाट प्रशंसा पाए र बक्स अफिसमा सफलता बटुले । दुवै फिल्म ३८ करोड भारुको बजेटमा बनेका थिए, जसले क्रमशः ३३.९० करोड र ३१.५७ करोड भारु कमाए ।

नागार्जुन स्टारर ‘शिवा’ (१९८९) उनको ६५ औं जन्मदिनको अवसरमा २९ अगस्टमा थिएटरमा पुनः रिलिज हुनेछ । त्यस्तै पवन कल्याणको गब्बर सिंह (२०१२) पनि उनको ५६ औं जन्मदिनको अवसरमा पुन: रिलिज हुँदैछ । नागार्जुनको अर्को फिल्म मास (२००४) २८ अगस्टमा पुनः रिलिज भयो ।

नेपालमा पनि चल्दछ ट्रेन्ड

नेपालमा पनि बेलाबेलामा फिल्मको पुनः प्रदर्शन हुने गरेको छ । हालै सुरक्षा पन्त अभिनित फिल्म ‘बुलाकी’को पुनः प्रदर्शन गरियो । दुई वर्षअघि रिलिज भएको यो फिल्मलाई निर्माताले गत साता रिलिज गरेका थिए ।

त्यसअघि ‘बिहेपास’ पनि रिलिज भएको थियो । कोभिडपछि दर्शकलाई हलसम्म फर्काउन चलचित्र संघकै अगुवाइमा केही फिल्मलाई हलमा पुनः रिलिज गरिए । कुनै समयमा सुपरहिट कमाइ गरेका ‘छक्कापञ्जा’ र ‘प्रेमगीत’लाई त्यतिबेला पुनः रिलिज गरिएका थिए । ‘चपली हाइट ३’ लाई पुनः रि-रिलिज गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?