+
+

माछापुच्छ्रे बैंकको चाडपर्व लक्षित कर्जा छुट योजना सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १२ गते १६:५१

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आउँदै गरेको नेपालीहरूको महान चाड पर्वलाई लक्षित गरी कर्जा सुविधामा छुट योजना सार्वजनिक गरेको छ ।

तीज, दशैं, तिहार र छठ पर्वलाई लक्षित योजना अन्तर्गत घर कर्जा लिने ग्राहकका लागि बेस रेटमा ०.५ प्रतिशत प्रिमियम ब्याजदरमा कर्जा उपलब्ध गराउने छ ।

सोही ग्राहकले गाडी कर्जा लिन इच्छुक भएमा बेस रेटमा ०.५ प्रतिशत प्रिमियम व्याजदरमा कर्जा उपलब्ध गराउने छ ।

साथै उक्त कर्जा लिने ग्राहकले क्रेडिट कार्ड लिन चाहेमा विशेष छुट समेत प्राप्त गर्नसक्ने बैंकले जनाएको छ ।

त्यस्तै १ करोड रुपैयाँसम्मको साना तथा मझौला कर्जाका लागि बेस रेटमा १ प्रतिशत प्रिमियम ब्याजदरमा उपलब्ध गराउने बैंकले जनाएको छ । यो अफर ३१ भदौसम्म लागु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?